2 Chronicles 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरू आफ्ना निम्ति खटाइएका ठाउँमा खडा भए। तिनीहरूकै सामुन्नेमा लेवीहरू उभिएका थिए। दाऊद राजाले प्रबन्ध गरिदिएका बाजाहरूका साथ र तिनैले खटाएअनुसार “उहाँको प्रेम अनन्त छ!” भन्ने भजन गाउँदै तिनीहरू खडा थिए। पूजाहारीहरूले तुरही बजाउँदै थिए अनि सबै जन-समुदाय खडा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरू र लेवीहरू पनि आफ्नो तोकिएको स्थानमा खड़ा भए, र दाऊद राजाले परमप्रभुलाई स्तुति गर्न र धन्यवाद दिनका निम्ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे, “उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” लेवीहरूका सामुन्ने पूजाहारीहरूले आ-आफ्नो तुरही बजाए। त्यस बेला सबै इस्राएलीहरू त्यहाँ खड़ा भइरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरूले, लेवीहरूले झैँ याहवेहको वाद्य-वादनसित आ-आफ्ना स्थानमा उभिए, जुन वाद्य-वादनहरू राजा दावीदले याहवेहको प्रशंसा गर्नलाई बनाएका थिए; अनि दावीदले धन्यवाद दिँदा, “उहाँको प्रेम सदासर्वदा रहिरहन्छ” भन्दै ती वाद्य-वादनलाई तिनले प्रयोग गरेका थिए। लेवीहरूका सामु नै पुजारीहरूले आफ्ना तुरही फुके, र सबै इस्राएलीहरू उभिरहे।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको संगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।