2 Chronicles 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्‍म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्‍ता टाढा-टाढाबाट आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको एक ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड़ मान्‍दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए।