2 Chronicles 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हीराम राजाले आफ्ना अधिकृत र अनुभवी नाविकहरूका साथमा उनलाई जहाजहरू पठाइदिए। सोलोमनका अधिकृतहरूका साथमा तिनीहरू ओपीर देशमा गए र त्यहाँबाट पन्ध्र हजार किलोग्रामभन्दा धेरै सुन सोलोमन राजालाई ल्याएर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हीरामले आफ्ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्याएर सोलोमन राजालाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।