2 Chronicles 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती काठबाट सोलोमनले मन्‍दिर र महलका सिँढीहरू र गाउने-बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाए। त्‍यस्‍ता कुराहरू अघि कहिल्‍यै यहूदा देशमा देखिएका थिएनन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले यी काठहरूबाट परमप्रभुको मन्‍दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए। त्‍यस्‍ता थोक यहूदा देशमा अघि कहिल्‍यै देखिएका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।)
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।