2 Chronicles 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहासन उक्‍लने खुट्‌किलाहरू छ वटा थिए र त्‍योसित एउटा सुनले मोहोरेको पाउ राख्‍ने पिर्का जोडिएको थियो। सिंहासनको दुई बगलमा हात अडाउने बाहु थिए र त्‍यसका छेउमा सिंहका मूर्तिहरू खडा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोड़िएको थियो। आसनका दुवैतिर हात अड़्याउने बाहु थिए। प्रत्‍येकको छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सिंहासनमा छःवटा सिंक्रहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए।