2 Chronicles 9:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनकहाँ आउने प्रत्‍येक व्‍यक्तिले सुन वा चाँदीका चीज, लत्ता-कपडा, हात-हतियार, मसला, घोडा र खच्‍चरहरू वा केही न केही कोसेली लिएर आउँथे। वर्षैपिच्‍छे त्‍यसो हुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आउने हरेकले आफ्‍नो सौगात— चाँदी र सुनका भाँड़ाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोड़ा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे।
Nepali ERV (पवित्र बाइबल)
हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।