2 Chronicles 9:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफैं आई ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तपाईंको बुद्धिबारे मैले त आधा पनि सुनेको रहेनछु। मानिसहरूले भनेकोभन्दा तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आएर आफ्नै आँखाले नदेखुञ्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिइनँ। साँच्चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्दा त तपाईं ज्यादै बढ़ी हुनुहुँदोरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ।
Nepali ERV (पवित्र बाइबल)
म यहाँ आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ।