2 Chronicles 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्ना परमेश्वरको प्रशंसा गर्नुहोस्! उहाँ तपाईंसँग कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई राजा बनाएर आफ्नो नाममा शासन गर्न लाउनुभएर देखाउनुभएको छ। उहाँले इस्राएलीहरूलाई प्रेम गर्नुहुन्छ र सदैव तिनीहरूको रक्षा गर्न चाहनुहुन्छ। यसैकारण तपाईंद्वारा कानुन र न्याय कार्यमा राखिऊन् भनी उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। तपाईंका परमेश्वरले आफ्नो प्रेमको कारणले र सदासर्वदै रहन इस्राएललाई स्थिर गराउने इच्छा भएकोले तपाईंले न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईंलाई इस्राएलका राजा तुल्याउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तपाईंको परमेश्वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”