2 Corinthians 1:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी नहिच्किचाई भन्न सक्दछौं कि यस संसारमा मात्र होइन तर तिमीहरूको अगि पनि हाम्रा चालचलन चोखो राख्यौं। यो साँचो मन हामीले परमेश्वरबाट पाएका हौं। यो परमेश्वरको अनुग्रहले मिलेको हो, मान्छेको ज्ञानले होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्यसको गवाही दिन्छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहबाट हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहद्वारा यसो गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।
Nepali Tamang 2011
चु तामला लागिरी ङनी ताङ्बा मुला, जम्बुलिङला म्हिगदेला ङाच्छा जे आहिन, तर एनीगदेला ङाच्छाएनोन ङनी परमेश्वरसे उन्बा सत्य ग्यामरी सेमहेन्सेन भ्रबा मुला भिबा ताम ङन्से सेमहेन्सेन पाङ्खम्ला। चुह्रङ्बा बानीबेहोर चा ङन्से म्हिला ज्ञान बुद्धिग्याम याङ्बा आहिन, परमेश्वरला दयामायाग्याम याङ्बा हिन्ना।