2 Corinthians 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्त्वना दिनुहुन्छ। अरू दु:खमा पर्नेहरूलाई त्यसरी नै सान्त्वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्त्वना दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
Nepali ERV (पवित्र बाइबल)
जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।
Nepali Tamang 2011
परमेश्वरसेन य्हाङदा जम्मान दुखरी ह्रो लबा मुला। तिग्दा भिसम दुखरी परब तबा स्य्हान्दो म्हिगदेदा ह्रो लखम्गै भिसीन थेसे य्हाङदा दुखरी ह्रो लबा मुला।