2 Corinthians 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले दु:ख भोग्‍यौं भने त्‍यो तिमीहरूकै सान्‍त्‍वना र मुक्तिको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने तिमीहरूले पनि सान्‍त्‍वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्‍तो दु:ख भोग्‍न र सहने शक्ति पनि तिमीहरूलाई मिल्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले दुःख पायौं भने यो तिमीहरूका सान्‍त्‍वना र उद्धारको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने पनि त्‍यो तिमीहरूका सान्‍त्‍वनाको निम्‍ति हो। हामीले भोगेका त्‍यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्‍यही सान्‍त्‍वना अनुभव गर्छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ।
Nepali ERV (पवित्र बाइबल)
यदि हामीले कष्टहरू पार्यौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झैं धैर्यसित कष्ट सहन सहायता दिन्छ।
Nepali Tamang 2011
ङन्‍से दुख नाजी भिसम थे एनीगदेला लागिरी ह्रोदेन थार्बा याङ्बाला लागिरी हिन्‍ना। ङन्‍से दुखरी ह्रो याङ्जी भिसम एनीगदेसेनोन दुखरी ह्रो याङ्ला। ओच्‍छे ङन्‍से दुख नाखम्‍बा शक्ति याङ्बा ह्रङ् लसी एनीगदेसेनोन दुख नाखम्‍बा शक्ति याङ्ला।