2 Corinthians 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरूमा भएको हाम्रो आशा कहिले पनि डग्मगिंदैन। हामीलाई थाहा छ, हामीले भोगेजस्‍तो दु:ख तिमीहरूले पनि भोग्‍छौ अनि हामीले नै पाएको जस्‍तो सान्‍त्‍वना तिमीहरूले पनि पाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका निम्‍ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्‍दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्‍यसरी नै हाम्रो सान्‍त्‍वनामा पनि तिमीहरू सहभागी हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ।
Nepali Tamang 2011
एनीगदेथोरी ङन्‍दा पूरान विश्‍वास मुला। तिग्‍दा भिसम ङन्‍से नाबा ह्रङ्‌बा दुख एनीगदेसेनोन नाबा मुला, ओच्‍छे दुखरी ङन्‍से याङ्बा ह्रङ्‌बान ह्रो एनीगदेसेनोन याङ्बा मुला भिसी ङन्‍दा था मुला।