2 Corinthians 1:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्‍नेजस्‍तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्‍वरमा मात्रै भर पर्न सकौं भनेर यस्‍तो भएको रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई त मृत्‍युदण्‍ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्‍वरमाथि हामी भर परौं भनेर यो हुन आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो।
Nepali ERV (पवित्र बाइबल)
हामीले साँच्चै सोच्यौ आफुमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट उत्थान गराउनु हुन्छ।
Nepali Tamang 2011
ङन्‍से मी सिबान तजी भिसी म्‍हन्‍बा मुबा। चु तबा चा ह्राङसे ह्राङदान भर लगै भिसी आहिन, तर सिबागदेदा सोना लबा परमेश्‍वरथोरी भर लगै भिसी चुह्रङ् तजीम।