2 Corinthians 10:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको अगि म नम्र र सुधो छु, तर म टाढा हुँदा तिमीहरूसँग छुच्‍चो गर्छु भन्‍ने कुरा चलेको छ। म पावलले नै तिमीहरूसँग अति नम्र बिन्‍ती गर्छु। ख्रीष्‍टकै नम्रता र दयामा म तिमीहरूसँग बिन्‍ती गर्छु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म पावल, तिमीहरूका सामने नम्र हुन्‍छु, तर टाढ़ा हुँदा तिमीहरूप्रति साहसी हुन्‍छु! ख्रीष्‍टको नम्रता र कोमलताद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पावल, ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।
Nepali Tamang 2011
एनीगदे न्‍हङला कोइ कोइसे ङा एनीगदेदेन छ्‌याम चिमा चा सोजो तसी ताम लमुला, ओच्‍छे एनीगदेग्‍याम फेसी निमाहेन्‍से चा बङ्मुला भिसी पाङ्‌मुला। दाहेन्‍से ख्रीष्‍टसे पिन्‍बा सेमदेन दयाग्‍याम एनीगदेदा ङा पावलला बिन्‍ती मुला।