2 Corinthians 10:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू हामीले पाएको जिम्मावारीको क्षेत्रभित्र नै छौ। सबैभन्दा पहिले हामी नै तिमीहरूकहाँ ख्रीष्टको बारे सुसमाचार सुनाउन आयौं र तिमीहरूको बारेमा घमण्ड गर्दा हाम्रो हक मुताबिकको काम गरेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढ़ाइचढ़ाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्ने हामी नै थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्टको सुसमाचार लिएर आयौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं।
Nepali Tamang 2011
एनीगदे मुबा ग्लारी खनोन आखबा म्हिसे ह्रङ् लसी ङन्से मुबा आरेबा तामगदेरी ताङ्सी भ्रबा आरे। तिग्दा भिसम जम्मान भन्दा ङाच्छा ख्रीष्टला थार्बा पिन्बा समाचार भसी एनीगदे मुबा ग्लारी खबा म्हि ङनीन हिन्ना।