2 Corinthians 10:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो क्षेत्र नाघेर अरूले गरेको काममा हामी घमण्ड गर्दैनौं। हाम्रो ठूलो आशाचाहिँ तिमीहरूको विश्वास बढ्दैजाओस् अनि हामीलाई भएको कामको क्षेत्र पनि ठूलो हुँदैजाओस् भन्ने नै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्वास बढ्दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन् बढ्दैजानेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ।
Nepali ERV (पवित्र बाइबल)
हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढछ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ।
Nepali Tamang 2011
स्य्हान्दोगदेसे लबा गेदा ङन्से लबा हिन्ना भिसी ताङ्सी आभ्र, तर ङनी ह्राङसेन लबा गेरी जे ताङ्ला। एनीगदेला विश्वास ल्हेबान निमा एनीगदेला गुङरी ङन्से लबा गे झन बढब तबान निला भिबा ङन्दा आश मुला।