2 Corinthians 10:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा हातहतियार शारीरिक हातहतियार होइन। हामीले चलाउने गरेका हतियार त परमेश्‍वरकै शक्तिशाली हतियार हुन्। यिनीहरूले किल्‍ला भत्‍काउन सक्‍छन्। यी हतियारले हामी नचाहिँदो वाद-विवादलाई हराउनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्ति हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।
Nepali Tamang 2011
ङन्‍से लडाइरी थोबा हतियारगदे चा स्‍य्‍हान्‍दो म्‍हिगदेसे थोबा हतियार ह्रङ्‌बा आहिन। तर ङन्‍से थोबा हतियार चा शैतानना शक्तिदेन ङन्‍ना गुङरी मुबा लुसीला तामगदेदा नाश लखम्‍बा परमेश्‍वरला शक्ति हिन्‍ना।