2 Corinthians 10:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्डले भरिएका बाधा ल्याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्याएर ख्रीष्टप्रति आज्ञाकारी बनाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी परमेश्वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ।
Nepali Tamang 2011
घमण्ड लसी परमेश्वरला ज्ञान बुद्धिला बिरोध लबा जम्मान तामगदेदा ङन्से नाश लबा मुला। ओच्छे जम्मान म्हन्बा तामगदेदा ख्रीष्टसे कुल्बा ताम ङ्यान्गै भिसी ङन्से तहरी थान्बा मुला।