2 Corinthians 11:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले गरेको काम म गरि नै रहन्छु। ती आफैं उचालिएर प्रेरित बन्ने मानिसहरूले हामीले जस्तै काम गर्यो भनेर घमण्ड गर्न पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु।
Nepali ERV (पवित्र बाइबल)
अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्।
Nepali Tamang 2011
तर ङन्से लबा ह्रङ्बान गे लबा मुला भिसी ताङ्बारी म्हाइबा थे जम्मान भन्दा घ्रेन मुल चेला दोबा स्होबा म्हिगदेदा ताङ्सी भ्रबा मौका आपिन्बाला लागिरी ङाइ दान्दे जुन गे लबान मुला थे गे सदन लला।