2 Corinthians 11:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई त्‍यसो गर्न आएन भनेर म मानिलिन्‍छु, म लाज मान्‍छु। तर कसैले केही कुरामा घमण्‍ड गर्ने आँट गर्छ भने मलाई पनि आँट आउँछ। हुन त मूर्खले जस्‍तै नै कुरा म गर्दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म लज्‍जित भएर स्‍वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्‍ड गर्छ भने, म पनि ती कुरामा घमण्‍ड गर्छु। हो, म मूर्खझैँ बोल्‍दैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं। तर यदि कसैले गर्व गर्ने सहसा गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु।
Nepali Tamang 2011
एनीगदेदा स्‍य्‍हान्‍दोगदेसे लबा ह्रङ्‌बान ङन्‍से लआखम्‍नी भिसी ङा पेःतोःबा हिन्‍ना? आहिन। तर खालै म्‍हि तिगै तामरी ताङ्‍बा मुसम ङाइएनोन थे तामरी ताङ्ला। हिन्‍ना, ङाइ मूर्ख म्‍हिसे ह्रङ् लसीन ताम लबान मुला।