2 Corinthians 11:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म बौलाएको जस्तो बोल्दछु, तर तिनीहरूभन्दा म अझ असल सेवक हुँ। तिनीहरूले भन्दा मैले झन् धेरै मेहनत गरेको छु। कैयौं पटक म कैदमा परें, कोर्रा खाएँ अनि धेरै पटक कालको मुखमा पनि परें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिनीहरू ख्रीष्टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्ट परें। अनगिन्ती कोर्रा खाएँ। मृत्युको मुखमा बारम्बार परें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै झण्डै मरेको हुँ।
Nepali Tamang 2011
तिग थेनीगदे ख्रीष्टला गे लबा म्हिगदे हिन्ना? म्योबा म्हिसे ह्रङ् लसीन ङाइ चु तामगदे पाङ्बान मुला। थेनीगदे भन्दा मी ङा झन ज्यना लसी ख्रीष्टला गे लबा म्हि हिन्ना। थेनीगदेसे भन्दा ङाइ ल्हानान दुख लसी गे लजी। ओच्छे थेनीगदे भन्दा ङा ल्हानान रेम झ्याल्खानरी परब तजी। थेनीगदेदा भन्दा ङादा कोर्रासेनोन ल्हानान तोजी। ओच्छे गाते रेम मी ङा सिला ह्रङ्नोन तजी।