2 Corinthians 11:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा धेरै यात्राहरूमा म झ्यालखानमा परें, डाकुहरूका हातमा परें, इस्राएली र अरू जातिका मानिसहरूबाट खतरामा परें। सहरमा, जङ्गलमा, समुद्रमा, नक्कली साथीहरूका बीचमा जताततै डरै-डर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।
Nepali Tamang 2011
ख्रीष्टला समाचार थेःना लसी भ्रमा ङा स्योङरी परब तसी, ओच्छे य्होगदेग्याम, ह्राङलान म्हि यहूदीगदेग्याम, अर्गु य्हुलला म्हिगदेग्याम, शहररीनोन, तोङतोङबा ग्लारीक्यार निमाएनोन, समुन्द्रग्याम भ्रमाएनोन, लुसीला ताम पाङ्सी भ्रबा आलेगदेग्याम दुख नातोःजी।