2 Corinthians 11:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले नसुती-नसुती दिलोज्‍यानले काम गरें र धेरै पसिना बगाएँ। कैयौं पटक भोक-भोकै बसें, तिर्खा सहनुपर्‍यो। खानु र पिउनु त्‍यसै रह्यो। लुगाफाटा नभई जाडामा कक्रिएँ पनि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परिश्रममा र कष्‍टमा, कति-कति अनिदो रातमा, भोक र प्‍यासमा, बारम्‍बार उपवासमा, ठन्‍डी र नग्‍नतामा परें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरै पल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र थोरै कपडामा पनि बसेको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो।
Nepali Tamang 2011
ङा गाते रेम मी म्‍हेर्बारी आम्‍याङ्नी तसैनोन आब्‍लेना दुख लसी गे लजी, गाते रेम चबा थुङ्बा आयाङ्ना फोइथाननोन चितोःजी ओच्‍छे क्‍वान आरेबासे लमा खङ्‍बा नासीनोन चितोःजी।