2 Corinthians 11:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्‍वालाई ठगेजस्‍तै तिमीहरूको ख्रीष्‍टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्‍ने मलाई डर लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसरी सर्पले आफ्‍नो चलाकीले हव्‍वालाई छल्‍यो, त्‍यसरी नै ख्रीष्‍टप्रतिका तिमीहरूको निष्‍कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन्‌ कि भनेर मलाई डर लागेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्‍टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्‍ने मलाई डर लाग्छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो।
Nepali Tamang 2011
तर शैतानसे पुख्रीला रुप किन्‍सी हव्वादा फसब लबा ह्रङ् लसी खालैसे एनीगदेला ख्रीष्‍टदा तेन्‍बा चोखो सेम न्‍होङ्ना लला वा भिसी ङा लोङ्‌बा मुला।