2 Corinthians 11:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूसँग बस्ता खाँचो पर्दा मैले पैसाको लागि तिमीहरूलाई दु:ख दिइनँ। मलाई खाँचो पर्दा सबै कुराहरू माकेडोनियाबाटै भाइहरूले ल्याइदिन्थे। म अझै पनि तिमीहरूलाई दु:ख दिन चाहन्नँ। यस कुरामा पहिले पनि दु:ख दिइनँ, अहिले पनि दु:ख दिनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु।
Nepali ERV (पवित्र बाइबल)
जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिए। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइन। अनि कहिल्यै भार बन्ने छैन पनि।
Nepali Tamang 2011
एनीगदेदेन छ्याम चिमा ङादा खाँचो तबा धुइरी ङाइ एनीगदेदा दुख आपिन्नी। ङादा खाँचो तबा धुइरी जम्मान स्हेगदे माकेडोनियाग्यामसेन आलेगदेसे भसी पिन्मुबा। दान्देनोन एनीगदेदा दुख पिन्बा सेम आरे। चु तामला लागिरी ङाइ एनीगदेदा ङाच्छाएनोन दुख आपिन्नी, दाहेन्सेनोन ङाइ एनीगदेदा दुख आपिन।