2 Corinthians 12:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले ख्रीष्‍टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्‍ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्‍छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ख्रीष्‍टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्‍टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।
Nepali Tamang 2011
थेतबासेलमा ख्रीष्‍टला लागिरी कमजोर तसैनोन, ङादा बेइज्‍जत लसैनोन, बिरोध लसैनोन, स्‍य्‍हान्‍दोसे दुख पिन्‍सैनोन, ओच्‍छे आपत विपत तसैनोन ङा ताङ्ला। तिग्‍दा भिसम कमजोर तबा धुइरी ङा झन भङ्‍बा तला।