2 Corinthians 12:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले नै मलाई मपाईं हुन कर लायौ। खासमा त तिमीहरूबाट नै मैले सम्मान पाउनुपर्थ्यो। म केही नभए पनि तिमीहरूले नै मेरो बारेमा केही भनिदिनुपर्नेथियो। ती ठूलाठूला प्रेरितभन्दा त म कम छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्च प्रेरितहरूभन्दा म तुच्छ छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफूलाई मूर्ख बनाएँ; तर तिमीहरूले नै मलाई यस्तो हुन बाध्य गरायौ। मैले तिमीहरूबाट प्रशंसा पाउनुपर्नेथियो; किनकि म केही नभए तापनि म अरू “मुख्य प्रेरितहरू” भन्दा कमको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्।
Nepali Tamang 2011
ङा मूर्ख ह्रङ्बा दोबा मुला, ङादा मूर्ख ह्रङ्बान स्होबा चा एनीगदेन हिन्ना। एनीगदेसे ङाला बारेरी ज्यबा ताम लतोःमुबा। पाङ्नोन तोःमा ङा तिगैनोन आहिन, तर थे जम्मान भन्दा घ्रेन मुल चेला दोबा स्होबा म्हिगदे भन्दा ङा जजा आहिन।