2 Corinthians 12:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तीतसलाई तिमीहरूकहाँ जानू भनें। उनको साथमा अरू भाइहरूलाई पनि पठाएको थिएँ। तीतसले तिमीहरूबाट कुनै कुरो लिए र? उनले र मैले एउटै ध्‍येयले एकै चालमा काम गरेनौं र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तीतसलाई जान भनी आग्रह गरें, र त्‍यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्‍माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तीतसलाई तिमीहरूकहाँ जानलाई आग्रह गरेँ, र मैले हाम्रा भाइलाई तिनीसित पठाएँ। तीतसले तिमीहरूलाई शोषण गरेनन्, के त्यसो गरे त? के हामीले त्यही आत्मामा काम गरेर त्यही बाटो पहिल्याएनौँ र?
Nepali ERV (पवित्र बाइबल)
मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाउन। उनले उठाए? अहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं
Nepali Tamang 2011
ङाइ तीतसदा एनीगदे मुबा ग्‍लारी निउ भिसी पुइखजी, ओच्‍छे थेदेन छ्‌याम ङाइ स्‍य्‍हान्‍दो आलेदाएनोन पुइखबा मुबा। तीतससेनोन एनीगदेग्‍याम तिगै स्‍हे आकिन्‍नी। थेदेन ङा सेम गिक तसी गे गिकनोन लबा मुला।