2 Corinthians 12:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यतिका कुरा हामीले आफ्‍नो बचाउमा भनेका छौं भन्‍ने सम्‍झ्‍यौ होला। परमेश्‍वरकै सामुन्‍ने ख्रीष्‍टमा भएर हामी भन्‍छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्‍जेल तिमीहरूका सामु हामी आफ्‍नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्‍ति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्‍टमा भएकाहरूझैँ, हामीले परमेश्‍वरकै दृष्‍टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो।
Nepali ERV (पवित्र बाइबल)
के यतिञ्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं।
Nepali Tamang 2011
चु जम्‍मान ताम ङन्‍से ह्राङदान जोगब लबाला लागिरी पाङ्बा हिन्‍ना भिसी एनीगदेसे म्‍हन्‍मुला तला। चु जम्‍मान ताम परमेश्‍वरला ङाच्‍छा ख्रीष्‍टदेन छ्‌याम गिक तसी ङन्‍से पाङ्‌बान मुला। ङन्‍ना सेम निबा ह्रोगदे, ङन्‍से चु जम्‍मान गे लबा चा एनीगदेदा विश्‍वासरी कोङ्बा स्‍होबाला लागिरीन हिन्‍ना।