2 Corinthians 12:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौध वर्षअघिको कुरो हो, एक जना ख्रीष्‍टमा विश्‍वास गर्ने मानिस तेस्रो स्‍वर्गसम्‍मै समातेर लगियो। उनलाई म चिन्‍दछु। यो पक्‍कै भएको हो वा दर्शन देखेको हो, म जान्‍दिनँ, परमेश्‍वर नै जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टमा म एक जना मानिसलाई चिन्‍दछु, जो चौध वर्षअघि तेस्रो स्‍वर्गसम्‍म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्‍दिनँ, परमेश्‍वर जान्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टमा विश्‍वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्‍वर नै जान्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौदह र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीष्ठ्वरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ।
Nepali Tamang 2011
च्‍युक ब्‍लि दिङ ङाच्‍छाला ताम हिन्‍ना, ख्रीष्‍टदा विश्‍वास लबा म्‍हि गिकदा स्‍वर्गला जम्‍मान भन्‍दा घ्रेन ग्‍लाधोनान भोर्जी। थे म्‍हिदा ङाइ ङोसेबा मुला, तर थेदा ल्‍हुइरी साँच्‍चिन भोर्बा हिन्‍ना कि आहिन थे ताम ङादा था आरे, परमेश्‍वरदान था मुला।