2 Corinthians 12:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्लै भएको हुन्छु कि भन्ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्नै भलो खोज्ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। शायद त्यहाँ झगड़ा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दो-चर्चो, अभिमान र गोलमाल हुन्छ होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्ने मलाई डर लागेको छ। सायद मतभिन्नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्ने मलाई डर लागेको छ।
Nepali ERV (पवित्र बाइबल)
म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ र्तक, डाह, रिस, झगडा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला
Nepali Tamang 2011
तिग्दा भिसम ङा थेरी खबा धुइरी ङाइ म्हन्बा अन्छार एनीगदेदा आस्याप, ओच्छे एनीगदेसेनोन ह्राङसे म्हन्बा अन्छार ङादा आस्याप वा भिसी ङा लोङ्बा मुला। एनीगदे ह्राङ ह्राङ न्हङरी छेबा बङ्बा लबा, डाह लबा, बोमो लबा, ह्राङला जे फाइदा च्याबा, स्य्हान्दोदा बङ्बा, म्हिला तामगन लबा, ह्राङसे ह्राङदान ङा ह्रङ्बा खालै आरे भिसी म्हन्बागदे ओच्छे अलमल तना लबा म्हिगदे स्याप्ला वा भिसी ङा लोङ्बा मुला।