2 Corinthians 12:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को पटक आउँदा मैले ती अघि नै पाप गर्ने र ती अशुद्ध काम, व्‍यभिचार गरेर पनि पछितो नगर्ने र पाप गर्नेका लागि शोक गर्नुपर्ला। यसरी परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याउनुहुन्‍छ कि भन्‍ने डर लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई डर लाग्‍छ, कि म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याइदिनुहुनेछ, र धेरै जनाका निम्‍ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्‍यभिचार र छाडापनबाट पश्‍चात्ताप गरेका छैनन्‌ होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्‍ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्‍ट आचरणबाट पश्‍चात्ताप गरेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लञ्जित पार्नु हुनेछ । धेरै जना जजसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजर्मदा कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।
Nepali Tamang 2011
ङा एनीगदे मुबा ग्‍लारी दोःसी खमा ङादा ङाला परमेश्‍वरसे एनीगदेला ङाच्‍छा जजा स्‍होला भिसी ङा लोङ्‌बा मुला। ओच्‍छे ङाइ ल्‍हानान म्‍हिगदेला लागिरी सुर्दा लतोःला। तिग्‍दा भिसम ङाच्‍छा नइबा गे लबादेन स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा ओच्‍छे सेमरी जे लइ म्‍हन्‍बा थेनोन लसी पाप लबा म्‍हिगदेसे ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःबा आरे तला।