2 Corinthians 12:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले धेरै अचम्‍मका थोकहरू देखें भनी घमण्‍डले फुलिनबाट रोक्‍न मलाई शरीरमा काँडाले घोच्‍ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्‍ड गर्नबाट रोक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म र्गवित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो।
Nepali Tamang 2011
ङाइ प्रभुसे उन्‍बा म्‍हाङ म्राङ्जी भिसी घ्रेन दोसी थाभ्रगै भिसी ङाला ल्‍हुइरी पुजुसे भ्‍लोबा ह्रङ्‌बान स्‍हेर पिन्‍जी। थेसे शैतानना दूतसे ह्रङ् लसी ङादा धुइ धुइरी ताङ्सी थाभ्रगै भिसी दुख पिन्‍मुला।