2 Corinthians 13:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन लागिरहेछु। कुनै दोष दुई वा तीन साक्षीको वचनमा मात्र ठीक ठहरिनेछ भनी धर्मशास्त्रले बताउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूसित अब यो मेरो तेस्रो पल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुई अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्न पर्छ।”
Nepali Tamang 2011
ङा दोःसीनोन एनीगदे मुबा ग्लारी खला, दान्दे खमा सोमरेम तला। बचनरी चुह्रङ् भिसी भ्रिबा ताम ढन्गो, “खालै म्हिदा सजाय पिन्बाला लागिरी थेसे लबा गे म्राङ्बा म्हि न्ही सोमसे पाङ्बाग्यामसेन सजाय पिन्तोःबा कि पिन्आतोःबा भिसी था याङ्ला।”