2 Corinthians 13:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण तिमीहरूदेखि टाढो भएको बेला म यो लेख्दछु, म त्यहाँ आउँदा प्रभुले बिगारको निम्ति होइन तर सुधारको निम्ति दिनुभएको अधिकारलाई कडाकडीसँग चलाउनुनपरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूबाट अलग हुँदा म यो लेख्दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्। त्यो त उहाँले बनाउनका निम्ति दिनुभएको हो, भत्काउनका निम्ति होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूसित नहूँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कडासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनभयो।
Nepali Tamang 2011
ङा एनीगदे मुबा ग्लारी खमा प्रभुसे ङादा पिन्बा अधिकारग्याम ङाइ एनीगदेदा बङ्आतोःगै भिसीन ङा एनीगदेदेन छ्याम आरेबा धुइरी चु चिठी भ्रिबान मुला। एनीगदेदा न्होङ्ना लबाला लागिरी आहिन, तर एनीगदेदा विश्वासरी कोङ्बा स्होबाला लागिरीन थे अधिकार प्रभुसे ङादा पिन्बा हिन्ना।