2 Corinthians 13:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँ कमजोर भएर क्रूसमा टाँगिनुभयो तर परमेश्वरको शक्तिले उहाँ जीवित हुनुभयो। हामी पनि उहाँजस्तै कमजोर भएका छौं, तर तिमीहरूलाई ठीक पार्न परमेश्वरले नै हामीलाई पनि ख्रीष्टको जीवन र शक्ति दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौं, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्वरको शक्तिमा उहाँसित जिउँछौँ।
Nepali ERV (पवित्र बाइबल)
यो साँचो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घरीष्ठ्व उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँचो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।
Nepali Tamang 2011
तिग्दा भिसम ख्रीष्ट कमजोर तसी क्रुसरी सिजी। तर परमेश्वरला शक्तिसे थेदा सोना लजी। थेह्रङ् लसीन ङनीएनोन ख्रीष्ट ह्रङ्नोन कमजोर तबा मुला। तर एनीगदेला गुङरी गे लबाला लागिरी परमेश्वरसेन ह्राङला शक्तिग्याम ङन्दा ख्रीष्टदेन छ्याम सोना लला।