2 Corinthians 13:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले त तिमीहरूले खराब काम गर्नुनपरोस् भनेर परमेश्‍वरसँग प्रार्थना गर्दै छौं। हामीले यो प्रार्थना आफैंलाई राम्रो देखाउन होइन, तर हामी काम नलाग्‍ने नै देखिए पनि तिमीहरूले ठीकठीक काम गर्न सक भनेर प्रार्थना गर्दछौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी परमेश्‍वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्‍तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्‍तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठुलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफै असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर।
Nepali Tamang 2011
एनीगदेसे आज्‍यबा गे थालगै भिसी ङन्‍से परमेश्‍वरदेन छ्‌याम प्रार्थना लबान मुला। ङनी चा ज्‍यबा म्‍हि हिन्‍ना भिसी उन्‍बाला लागिरी ङन्‍से चुह्रङ् लसी प्रार्थना लबा आहिन। तर एनीगदेसे ङनी पक्‍का मुल चेला आहिन भिसी म्‍हन्‍सैनोन एनीगदेसे चा ठीक ठीक गे जे लखम्‍गै भिसी ङन्‍से प्रार्थना लबा हिन्‍ना।