2 Corinthians 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सुसमाचारलाई सस्‍ता मालहरूको धन्‍धा गरेजस्‍तै चलाउने हामी होइनौं किनभने हामीलाई त परमेश्‍वरले नै पठाउनुभएको हो र उहाँकै अगि हामी ख्रीष्‍टका कमारा भई छल नगरी बोल्‍दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि धेरै मानिसहरूसरह हामी परमेश्‍वरको वचन व्‍यापार गर्ने होइनौं, तर परमेश्‍वरले पठाउनुभएको निष्‍कपट मानिसको रूपमा हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोल्‍दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।
Nepali Tamang 2011
तिग्‍दा भिसम ङन्‍से स्‍य्‍हान्‍दो म्‍हिगदेसे ह्रङ् लसी परमेश्‍वरला बचन व्‍यापार लबा आरे। तर ङन्‍दा परमेश्‍वरसेन पुइखबा हिन्‍ना। थेतबासेलमा परमेश्‍वरला ओन्‍छाङरी ख्रीष्‍टदेन छ्‌याम गिक तसी ङन्‍से ज्‍यबा सेमसे पाङ्ला।