2 Corinthians 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले फेरि आफ्‍नै गुणगान गाउन लागेका होइनौं। अरू कति मानिसहरूले तिमीहरूकहाँ यसैको सिफारिस गरिदिएको पत्र लिएर आउने गरेझैँ हामीले तिमीहरूलाई र तिमीहरूले हामीलाई सिफारिस गर्नुपर्ने खाँचो छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के फेरि हामी आफ्‍नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ?
Nepali ERV (पवित्र बाइबल)
फेरि के हामी हाम्रै विषयमा गर्व गछौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ?
Nepali Tamang 2011
तिग दोःसी ङन्‍से ह्राङसे ह्राङदान घ्रेन स्‍होबारी म्‍हाइबा हिन्‍ना? आहिन। तिग स्‍य्‍हान्‍दो म्‍हिगदेसे ह्रङ् लसी ङादा मान लउ भिसी एनीगदेदा स्‍य्‍हान्‍दो म्‍हिसे चिठी भ्रितोःला? भ्रिआतोः। थेह्रङ् लसीन एनीगदेसेनोन ङादा मान लउ भिसी स्‍य्‍हान्‍दो म्‍हिदा चिठी भ्रिआतोः।