2 Corinthians 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी त मोशाजस्‍ता होइनौं, जसले आफ्‍नो अनुहारबाट घट्दैगएको चमकको अन्‍त्‍य इस्राएलीहरूले नदेखून् भनी आफ्‍नो मुखमा घुम्‍टो हालेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी मोशाजस्‍तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्‍तिम झलक इस्राएलीहरूले नदेखून्‌ भनेर आफ्‍नो अनुहारमा घुम्‍टो हाल्‍ने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे।
Nepali ERV (पवित्र बाइबल)
हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्।
Nepali Tamang 2011
य्‍हाङ मी मोशा ह्रङ्‌बा आहिन, थेसे थे म्‍हासी निबा य्‍हाल इस्राएलीगदेसे थाम्राङ्‍गै भिसी ह्राङला ली घप्‍मुबा।