2 Corinthians 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको मन त्यस बेला ढाकिएको थियो। आजसम्म पनि पुरानो करारमा भएको व्यवस्था पढ्दा तिनीहरूको मन घुम्टोले ढाकिएको हुन्छ। त्यो घुम्टो ख्रीष्टद्वारा मात्र हटाउन सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो रहिरहन्छ, जुन घुम्टो ख्रीष्टद्वारा मात्र हटाइन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ। यो हटाइएकै छैन; किनकि ख्रीष्टमा मात्र यो हटाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझन सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढछन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।
Nepali Tamang 2011
तर थेनीगदेला सेम कोङ्बा मुबा, तिग्दा भिसम दान्देधोनाएनोन थेनीगदेसे थे ङाच्छाला कबुल पढब लबा धुइरी ह्राङला सेम घप्मुला। थेतबासेलमा थेनीगदेसे सत्य ताम घोबारी आखम। थे घप्बा स्हे चा ख्रीष्टसे जे तेःखम्ला।