2 Corinthians 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले एउटा नयाँ करार जोड्‍नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्‍माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्‍यु ल्‍याउँछ, तर पवित्र आत्‍माले त जीवन दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्‍यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्‍मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्‍माले जीवन दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
(परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योग बनाउनु भएको छ। योग्य बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ।
Nepali Tamang 2011
परमेश्‍वरसे छार कबुल लबा मुला ओच्‍छे ङन्‍दा थे कबुल अन्‍छार गे लखम्‍बा म्‍हि स्‍होबा मुला। चु कबुल परमेश्‍वरला आत्‍मासे लबा कबुल हिन्‍ना, भ्रिबा ठिमसे लबा कबुल आहिन। भ्रिबा ठिमसे सिना लमुला, तर परमेश्‍वरला आत्‍मासे सोना लमुला।