2 Corinthians 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भन्‍ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनी प्रचार गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।
Nepali Tamang 2011
ङन्‍से ह्राङलान बारेरी थेःना लबा आहिन, तर येशू ख्रीष्‍टनोन प्रभु हिन्‍ना भिसी थेःना लबा मुला। ओच्‍छे येशूला लागिरी ङनी एनीगदेला नोकर हिन्‍ना भिसी थेःना लबा मुला।