2 Corinthians 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई थाहा छ, हाड-मासुको यो पाल याने कि हाम्रो शरीर नाश हुन्‍छ। तर परमेश्‍वरले स्‍वर्गमा हामीलाई दिनुहुने शरीर त हातले बनाएको कच्‍चा घरजस्‍तो छैन। तर यो सधैँभरि रहने पक्‍का घरजस्‍तै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामी जान्दछौँ, कि हामी बस्‍ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्‍वरबाट बनाइएको हो।
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम य्‍हाङला चु स्‍या काला ल्‍हुइ फुप्‍सी निबा दिम ह्रङ्‌बान मुला। तसैनोन परमेश्‍वरसे य्‍हाङदा स्‍वर्गरी जुकजुकधोना चिबा ल्‍हुइ पिन्‍ना। चु ल्‍हुइ चा म्‍हिला यासे स्‍होबा फुप्‍सी निबा दिम ह्रङ्‌बा आहिन, तर परमेश्‍वरसे स्‍होबा हिन्‍ना भिबा ताम य्‍हाङदा था मुला।