2 Corinthians 5:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले फेरि आफ्‍नो गुणगान तिमीहरूलाई सुनाउन लागेको त होइनौं, बरु हाम्रो बारेमा तिमीहरूलाई घमण्‍ड गर्ने मौका दिइरहेका छौं। त्‍यसो हुँदा तिमीहरू भित्रको गुणमा होइन, तर देखावटी कुरामा घमण्‍ड गर्नेलाई जवाफ दिन सक्‍ने हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्‍टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नै बारेमा भन्दैछौं। हाम्रा बारेमा किन र्गवित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्।
Nepali Tamang 2011
एनीगदेसे ङन्‍दा मान लगै भिसी ङन्‍से दोःसी चु ताम पाङ्बा आहिन। तर सेमला तामदा वास्‍ता आलना मीसे म्राङ्बा तामरी घमण्‍ड लबा म्‍हिगदेदा एनीगदेसे ज्‍यना लसी जोहाब पिन्‍खम्‍गै, ओच्‍छे ङन्‍ना बारेरी था याङ्सी एनीगदे ताङ्‍खम्‍गै भिसी पाङ्बा हिन्‍ना।