2 Corinthians 5:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू ख्रीष्‍टका तर्फबाट बिन्‍ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्‍वर नै हामीमा भएर तिमीहरूसँग बिन्‍ती गरेजस्‍तै हामी ख्रीष्‍टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्‍वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।
Nepali Tamang 2011
थेतबासेलमा ङनी ख्रीष्‍टला समाचार भोर्बा म्‍हि हिन्‍ना। परमेश्‍वर ह्राङनोन ङन्‍देन छ्‌याम तसी एनीगदेदा ङ्‍योइबान मुला। ङनीएनोन ख्रीष्‍टदेन छ्‌याम तसी एनीगदे परमेश्‍वरदेन छ्‌याम ढिक्‍गो भिसी बिन्‍ती लला।