2 Corinthians 5:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस शरीरमा रहुन्‍जेल ठूलो भारीले गर्दा हामी सुस्‍केरा हाल्‍छौं। यो शरीर त्‍याग्‍ने इच्‍छाले हतारिएका होइनौं, तर कहिले स्‍वर्गको शरीर पहिरन पाऊँला भनेर नै हो। यो नाश हुने कुरो त्‍यस जीवनमा बदलेर जान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यस डेरामा हुँदा चिन्‍ताले हामी सुस्‍केरा हाल्‍छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्‍त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्‍यो जीवनमा समावेश होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।
Nepali ERV (पवित्र बाइबल)
जतिञ्जेल हामी यस शरीष्ठ्वरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोडन चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।
Nepali Tamang 2011
य्‍हाङदा चु जम्‍बुलिङरी सोतेधोना दुख मी तनोन तला। चु भिबा चा य्‍हाङ सिबारीदेन य्‍हाङदेन छ्‌याम मुबा चु ल्‍हुइ ख्‍लाबारी म्‍हाइबा चा आहिन। बरु य्‍हाङला चु सिबा ल्‍हुइ पोबाला लागिरी य्‍हाङसे सदन सोबा छार ल्‍हुइ किन्‍बारी म्‍हाइबा हिन्‍ना।