2 Corinthians 6:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको मन्‍दिरसँग मूर्तिको के सम्‍बन्‍ध छ? हामीहरू त जिउँदा परमेश्‍वरकै मन्‍दिर हौं। परमेश्‍वर आफैंले पनि भन्‍नुभएको छ, “म आफ्‍ना भक्तहरूसँग बास गर्नेछु र तिनीहरूसँगै हिंड्डुल गर्नेछु। म तिनीहरूकै परमेश्‍वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूसँग बस्‍नेछु, र तिनीहरूसित हिँड्‍डुल गर्नेछु; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः “म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।” लेवि 26:11-12
Nepali Tamang 2011
मूर्तिगदेदेन परमेश्‍वरला मन्‍दिर खाइमै गिक आत। तिग्‍दा भिसम य्‍हाङ चा छोन्‍बो परमेश्‍वरला मन्‍दिर हिन्‍ना। परमेश्‍वरसेनोन चुह्रङ् भिसी सुङ्बा मुला, “‘ङादा तेन्‍बा म्‍हिगदेदेन छ्‌याम चिला, ओच्‍छे थेनीगदेदेन छ्‌यामनोन भ्रला। ङा थेनीगदेलान परमेश्‍वर दोला, ओच्‍छे थेनीगदे चा ङाला म्‍हि दोला।