2 Corinthians 6:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभु आफैं भन्‍नुहुन्‍छ, “तिमीहरूले तिनीहरूलाई छोडिदेओ र तिनीहरूबाट छुट्टिएर बस। सबै अशुद्ध थोक नछोओ। त्‍यसो भए तिमीहरूलाई म आफ्‍नो बनाउनेछु,”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण, “तिनीहरूका बीचबाट निस्किआओ; अनि अलग होओ, प्रभु भन्‍नुहुन्छ। अशुद्ध थोक नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
“यसैले ती मानिसहरूबाट निस्केर आऊ आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही नछोऊ जो असुद्ध छ अनि म तिमीरूलाई स्वीकार गर्नेछु।” यशैया 52:11
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे थेनीगदेग्‍याम फेसी खउ, ओच्‍छे फेसी चिउ। नइबा स्‍हेगदे तिगैनोन थाथुर्गो, ङाइ एनीगदेदा ङालान म्‍हि स्‍होला’ भिसी परमप्रभुसे सुङ्बा मुला।”