2 Corinthians 6:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “तिम्रो पक्ष लिनुपर्ने बेलामा तिम्रो कुरा सुनेर बचाइने दिनमा तिमीलाई मद्दत गरें।” हेर! परमेश्वरको अनुग्रह पाउने बेला अहिले हो र बचाइने दिन त आज नै हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँ भन्नुहुन्छ, “ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँ भन्नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नु हुन्छः “ठीक समयमा मैले तिमीलाई सुनें अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” यशैया 49:8 तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे चुह्रङ् भिसी सुङ्बा मुला, “ठीक धुइरी ङाइ एसे लबा बिन्ती थेःबा मुला, ओच्छे थार्ना लतोःबा धिनरी ङाइ सदन ह्रो लजी।” च्यागो, ठीक धुइदेन थार्ना लबा धिन चा दान्देन हिन्ना।